आज:  | Fri, 26, Apr, 2024

जग्गाधनी प्रमाणपुर्जा वा लाईसेन्सले पनि मत हाल्न पाउने

२०७९, २२ कार्तिक मंगलवार १८:३९ मा प्रकाशित ( १ साल अघि) ६३५६ पाठक संख्या

निर्बाचन आयोगले मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र नभए पनि परिचय खुल्ने अन्य कागजात देखाएर मत हाल्न पाउने जनाएको छ। ‘नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ’, निर्वाचन आयोगको विज्ञप्तिमा जनाएको छ ।

खबर एक्सप्रेस