आज:  | Sun, 26, Mar, 2023

रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

२०७९, २६ कार्तिक शनिबार ०९:०७ मा प्रकाशित ( ४ महिना अघि) ४१२४ पाठक संख्या

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको एकदिवसीय क्रिकेट सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । सिरिजका लागि क्यानले शुक्रबार १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग भारतीय प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले कात्तिक २८ गतेदेखि तीन खेलको एकदिवसीय सिरिज खेल्ने तालिका छ । नेपालले यूएईसँग कात्तिक २८ गते पहिलो, ३० गते दोस्रो र मंसिर २ गते तेस्रो खेल्नेछ । नेपाली टिम रोहित पौडेल (कप्तान) ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउद र गुल्सन झा ।

खबर एक्सप्रेस