आज:  | Sat, 10, Dec, 2022

दैलेख १ मा कुन्ति शाहीको लोकप्रियता बढदो

२०७९, २८ कार्तिक सोमबार ०८:४६ मा प्रकाशित ( ३ हफ्ता अघि) १३०३ पाठक संख्या

दैलेख। प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा राप्रपाका महामन्त्री कुन्ति कुमारी शाही प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट अम्मर बहादुर थापाा र नेकपा एमालेका रबीन्द्रराज शर्मा बीच कडा प्रतिष्पर्धा रहेको छ ।
संगठनका हिसाबले कमजोर रहेको राप्रपा उम्मेदवारका हिसाबले चर्चित र ईमान्दार नेता भएकाले यसपटक राप्रपाका उम्मेदवार कुन्ति कुमारी शाहीले बाजी मार्नेमा ढुक्क छन् । गठबन्धन र एमालेका उम्मेदवारबाट चर्चाका हिसाबले निकै अगाडी रहनु भएको शाहीका कारण अहिले दुई प्रतिष्पर्धीलाई चुनौती रहेको छ ।
दैलेखबाट पटक पटक निर्बाचित भएर गएको कारण पनि शर्मा र थापालाई पछाडी पार्नेमा शाही ढुक्क हुनुहुन्छ । । नेकपा एमालेसँग गठबन्धन हुने चर्चा भएपछि शर्माले आफू जित्नेमा ढुक्क भएको कारणले पनि गठबन्धन हुन सकेको थिएन । जिल्लामा रहेका एमाले नेताले पनि गठबन्धनबाट कुन्ति शाहीलाई उम्मेदवारको रुपमा चाहेका थिए । जिल्लामा पनि सबै पार्टीलाई समेटी काम गर्न सक्ने र संसदमा पनि आफ्नो आवाजलाई स्पष्ट राख्ने नेता भएकाले पनि जिल्लामा शाहीलाई रुचाउनेको संख्या निकै ठुलो रहेको छ । शाहीको पक्षमा जनमत निकै रहेको छ । यूवाहरु स्वतस्फुर्त अहिले शाहीको प्रचारमा र समर्थनमा हिडेका छन् जसको कारण पनि शाही आफूलाई जनताले भारी मत दिएर पठाउनेमा ढुक्क रहनु भएको छ ।
दैलेखबाट यो पटक फरक मत आउनेमा काँग्रेस र एमाले लगाएतका दलको आँकलन रहेको छ । आमनागरीकको फरक मानसिकता यूवामहिलाको परिवर्तन सोचका कारण पनि आफुले जित निकाल्ने शाहीले बताउनु भएको छ । शाही राप्रपाको लोकप्रिय नेताको रुपमा गत महाधिबेशनबाट महामन्त्रिमा निर्बाचित हुनु भएको थियो । राजनिति बृतमा अन्य दलसँग पनि राम्रो समन्वयनकारी भुमिका निभाउन सक्ने नेताको रुपमा लिने गरिन्छ । संबिधान सभाको अवधीमा कानुन निर्माण लगाएत अन्य बिषयमा जनताका आवाज र आफ्नो बिचार प्रष्ट राख्ने सभासदको रुपमा निकै अगाडी रहनु भएको थियो ।

खबर एक्सप्रेस