आज:  | Sat, 10, Dec, 2022

न देश छोडेर जान सकियो, न प्रणालीमा चल्ने संयन्त्रमा गर्ब छ

२०७९, २८ कार्तिक सोमबार ०९:१२ मा प्रकाशित ( ३ हफ्ता अघि) १२४१ पाठक संख्या

सामाजिक अभियन्ता डा. लक्ष्मी पौडयाल

न देश छोडेर जान सकियो, न प्रणालीमा चल्ने संयन्त्र बनाएर गर्ब महसुस गरि देशभित्रै बाच्न सकियो ! आज लाइसेन्स नबिकरणको लागि यातायात व्यवस्थापन विभाग एकान्तकुना ललितपुर १०.२० बजे पुगेको थिए। लाइसेन्स नबिकरण गर्न के के चाहिन्छ, कहाँ जानु पर्ने हो भन्दै सोधपुछ लेखेको ठाउँमा गए कोहि थिएन, खालि कुर्ची र टेबल मात्र थिए। यताउता हेर्दै थिए, मान्छेहरुले घेर्न थाले, के काम लागि हो? के काम को लागि हो ? लाइसेन्स नबिकरणको प्रकिया एक/आधा घण्टा भित्र गर्न सकिन्छ नभए तपाईंलाई दिनभरि लाग्न सक्छ। १ हजार देखि चार हजार सम्मको मोलमोलाइ हुनेरहेछ। तिर्नुपर्ने दस्तुर भन्दा २ हजार थप पैसा तिरेमा एक घण्टा भित्र काम हुने कुरा एक जनाबाट आयो! अफिसको गेट वरिपरि, कार्यलय परिसद भित्र निसङ्कोच दलालहरु यति र उति भन्दै कुरा गरेर मान्छे पट्याउदै थिए, मैले कुरा सुनिरहेको थिए, सबै कुरा खोतले पछि मैले घुस ख्याएर काम गर्दिन,मेरो काम म आफै गर्छु भने ! जानुस् दुख पाएपछि थाहा हुन्छ दलालले भन्दै थिए। दुख भए म दुख पाउछु तपाईंले चिन्ता नलिनुहोस् भनेर हिडे। त्यसपछि आवश्यक कागजात के के चाहिन्छ, कहाँ लाइन बस्ने सोधखोज गर्न थाले। एक जना पुलिसले १०१ मा नागरिकता र लाइसेन्स लिएर लाइन बस्ने भन्नुभयो, लामो लाइन रहेछ लाइन बसे! म भन्दा अगाडि लाइनमा बस्ने प्रायजसोको हातमा टिकट सहितको लाइसेन्स र नागरिकताको फोटोकपी देखे, सोधेको सबैले फोटोकपि र टिकट चाहिन्छ भने, सुचना पाटी हरे, त्याहाँ पनि चाहिने नै लेखेको रहेछ। म फोटोकपी र टिकटको खोजिमा लागे, टिकट काउन्टरमा पुगेर पुन सोधे, टिकट चाहिन्छ भन्ने जबाफ पछि फोटोकपि र टिकट सहित तयार भएर लाइनमा बसे, लगभग एक घण्टाको लाइन पछि टोकन लिने ठाउँमा पुगे, वास्तवमा लाइसेन्स र नागरिककता भए पुग्ने रहेछ, टिकट र फोटोकपीहरु नचाहिने रहेछ। मैले टोकन न. २०४ सहित यातायात व्यवस्थापन विभागमा भएको मेरो पुरानो बिबरणको एक पाना पाए! मनमा लाग्यो एउटा मेसिन जडान भएको भए १ मिनेटमा लिन सक्ने एउटा टोकनको लागि मैले १घण्टा बिताउनु पर्यो। टोकन लिएपछि, १०३ मा जान भनियो, १३३ न. टोकनको पालो बल्ल अाएको रहेछ। म सग समय भयो, गेटमा आएर पुन दलालहरुको चर्तिकला हेरिरहे। कार्यलयका पुलिस कर्मचारीसग पनि दलालहरु कुरा गरिरहेको देखेको थिए, के कुरा भएको थियो थाहा भएन। मनमा बेचैन भएको थियो, यो कार्यलयको हाकिम को होला भनेर सोधखोज गर्न थाले, एउटा भवनबाट अर्को, अर्को भवनबाट अर्को गर्दा हाकिम राजकुमार कपालि रहेको र वहाँको बस्ने अफिस थाहा भयो। खोज्दै गए, हाकिमसग भित्र मानिसहरू, कोहि कर्मचारीको आइडि काड भिरेका गफिइ रहेका थिए, बाहिर बस्ने कर्मचारीलाइ हाकिम साहेबसग २ मिनेट कुरा गर्न चाहन्छु भनेर ढोकामा गएर उभिए, मलाई उछिनेर एकजना कर्मचारी फाइल लिएर गए, उनी पछि कुरा राख्छु भन्दै थिए, मेरो पछाडी अर्को एकजना बैनि आइन्, हाकिम साहेब लाइ फोन पनि आयो, …हाकिम साहेबले कुनै व्यक्तिको नाम लिएर मैंले नाम बुझिन, सरले पठाएर आउनु भएको हो आउनुहोस् भनेर म पछिको बैनिलाइ बोलाए, उनले लाइसेन्स दिइन्, कम्प्युटरमा नम्बर इन्टि् गरे बिबरण आयो। म एक घण्टा बसेर लिएको कुरा ति बैनिले एकै छिनमा हाकिमबाट लिएर गइन्। मेरो पालो आयो, मैले हाकिमलाई हजुरलाई मेरो सुझाव र गुनासो छ भने, यो कार्यलयमा सुझाव पेटिका त रहेछ, त्यति काम गरे जस्तो देखिन, धुलै धुलो रहेछ, अनि तपाईंलाई खोज्दै आए। तपाईंको यो अफिस कोठाबाट १ मिनेट भित्र पुग्ने ठाउँमा अफिसको गेट र अफिस भित्रै वरिपरि दलालहरुले खुल्लमखुल्ला मोलमोलाई गरिरहेका छन् । अहिले तपाईंले त्यो बैनिलाइ प्रिन्ट गरेर दिएको कागज र टोकन न. लिन म एक घण्टा लाइनमा बस्न पार्यो… टोकन लिने मेसिन राख्न र दलाललाइ नियन्त्रण गर्न सकिदैन? जबाफ थियो दलाललाइ नियन्त्रण गर्न सकिदैन, एकहप्ता अगाडि पनि पुलिसले गरेको हो, फेरि छोडिदिन्छ उस्तै हो, त्याहाँ गएर हेर्ने हामिलाइ समय हुदैन, तपाईं हरुले आफ्नो काम आफैं गर्नुपर्यो, त्याहाँ बसेर गफिएका कर्मचारी पनि पुरै हाकिमकै शैलीमा मेरो सुझाव संभव छैन भन्दै थिए, टोकन मेसिन राखौ भने सबै टोकन बिहान आएर दलालहरुले लिन्छन्, यो समस्या सबै तिर यस्तै हो, बालेनको फुटपाथको कुरा पनि लिदै थिए। मैले प्रतिकार गरे म मेरो व्यक्तिगत फाइदाको लागि तपाईंलाइ खोज्दै यहाँ आएर समय खर्चिएको हैन, किन सुधार गर्न सकिदैन? इच्छा शक्ति भयो भने, एक जना कर्मचारीलाई एकहप्ता खटाएर एकजना पनि दलाललाइ गेट भित्र छिर्न नदिनुत, सबैको काम समयमै हुन्छ, टोकन लिन किन लाइनमा बस्नुपर्यो…. तपाईंले भनेको कुरा राम्रो हो, तर गाह्रो छ भन्दै थिए, अब मैले यो ठाउँमा समय खर्चेर अर्थ छैन भन्ने लागेर त्याहाँबाट हिडे। १०३ मा आउदा मेरो पालो आएको रहेछ। पुन १०२ मा पठाइयो, पुन ४५ मि लाइन बसे, १०४ हुदै १०६ मा पुग्दा खाजाको समय भएछ, झ्याल बन्द भयो, २ बजे सम्म खाजाको समय लेखिएको थियो , अरु झ्याल २ बजे खुले पनि १०६, २.२५ बजे सम्म खुलेन, सेवाग्राहीहरुले झ्यालमा हानेरहेका थिए, यसो नियालेर भित्र हेरेको झ्याल बन्द गरेर काम हुदै थिए, साहेद दलालहरुबाट सिधा अाएका काम सिध्याउन लागेकाे होला। समय भन्दा आधा घण्टा ढिला १०६को झ्याल खुल्यो, त्यो ठाउँले लाइसेन्स नबिकरण गर्न तिर्ने रकम लेखिदिने रहेछ, त्यसपछि राजस्व दिर्ने लाइन, उनि राजस्व तिरेको रसिद लिने, रसिद लिने ठाउँमा पनि समय लाग्यो, किन ढिलो भयो भनेको सर्भरले काम गरेन भन्दै थिए, फुर्सद भएर होला कर्मचारीले मौकामा फेसबुक चलाएका थिए। सर्भरले काम गरेछ क्यारे मेरो नाम आयो रसिद लिए, लाइसेन्स लिन कहिले आउ भनेको ८-१० महिमा भित्र कोठा न. २०८ मा आएर बुझ्नुहोस् भन्ने जबाफ आयो। अनलाईन चेक गर्ने व्यवस्था छैन सोधे, जबाफ २०८मा आएर बुझ्नुहोल। बिहान १०.२० देखि ३.३० सम्म यातायात व्यवस्थापन कार्यलयमा बिताउँदा मनमा धेरै कुरा खेले।धन्य मेरो देश, यस्तो प्रशासन तथा कर्मचारीतन्त्र, परिवर्तन र विकास गरेका छौ भनेर चर्को स्वरमा भाषण गर्ने नेताहरु बाट हामिले के आशा राख्ने?

खबर एक्सप्रेस