मंसिरको १६ गतेबाट प्रदर्शन हुने फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा दुई युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाउन खोजिएको छ । अपहरणमा परेपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा फिल्म बनेको हो । फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका छ । फिल्ममा कथा, पटकथा, संवाद र निर्देशन आरबी पुनको रहेको छ ।