आज:  | Sat, 10, Dec, 2022

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरीलाई कारबाही

२०७९, १ मंसिर बिहीबार ०६:२४ मा प्रकाशित ( ३ हफ्ता अघि) १४२७ पाठक संख्या

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरीलाई कारबाही गरिएको छ । प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको बताउनु भएको छ ।
कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।
कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात जना रहेका छन् । काठमाडौँ उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।

खबर एक्सप्रेस