आज:  | Thu, 25, Apr, 2024

संतोष सेन लेख्छ्न जनताको आवाज लिएर जाने सच्चा निष्ठावान व्यक्ति कुन्ति शाही

२०७९, १ मंसिर बिहीबार ०८:५० मा प्रकाशित ( १ साल अघि) ३२९८५ पाठक संख्या

दैलेख । निर्बाचन नजिकिंदै गर्दा कलाकारहरु पनि खुलेर सम्भावना बोकेका उम्मेदवारको पक्षमा प्रचार गर्न थालेका छन् । यही बिच नेपाली चलचित्र क्षेत्रका सक्रिय यूवा निर्माता निर्देशक तथा कलाकार संतोष सेनले कर्णालीको बिकट क्षेत्र दैलेखबाट प्रत्यक्ष निर्बाचनमा उम्मेदवारी दिनु भएको राप्रपाका महामन्त्रि प्रभावशाली यूवा नेता कुन्ति कुमारी शाही ससदमा आउनुपर्ने भन्दै सामाजिक संजालमा आफ्नो भावनात्मक अभिव्यक्ति पोष्ट गर्नुभएको छ । वहाँ लेख्नुहुन्छ ”म एउटा चलचित्र बनाउने मान्छे समाज संग नजिक छु .. विभिन्न बिषयमा समाज संग नजिक रहेर समाजका घटना परिघटना केलाउनु पर्ने हुन्छ .. यो देशको नगरिक भैरहदा राजनीतिक पार्टी संग खासै आस्था नभए पनि कुन व्यक्ति सभामा पुग्यो भने आम नागरिक को आवाज गुन्जन्छ भन्ने कौतुहलता सबैमा हुन्छ.. त्यो जनताको आवाज लिएर जाने सच्चा निष्ठावान व्यक्तित्व आदरणीय दिज्जु Kunti kumari Shahi ले जोड् तोड्ले भुमिका खेल्नुहुनेछ त्यो विश्वास मलाई पनि छ.. त्यसकारण हजुरहरुले छुटाउननहुने एक असल प्रतिनिधि…”

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा आफ्नो नाम स्थापित गर्न सफल सेन लागयतको टिमले हालै प्रेमगीत ३ मार्फत पहिलो पटक नेपाली चलचित्रलाई संसारभर हिन्दी भाषा लगायत अन्य धेरै भाषा प्रर्दशन गरी एतिहासिक रेकर्ड कायम गर्न सफल भएका थिए । उम्मेदवार शाही दैलेखमा मतदाताका बिच निकै लोकप्रियताका साथ चर्चामा हुनुहुन्छ । भष्टाचारमुक्त र सुशासनयुक्त जिल्लाको नारा लिएर जनता माझ पुग्नु भएको शाही दैलेखमा यूवा महिलाका बिच निकै चर्चाको शिखरमा रहनु भएको छ । आफु जिल्ला बनाउने अभियानमा रहेकोले यसपटक मतदाताले आफूलाई निस्वार्थ साथत सहयोग गरेको भन्दै पार्टीभन्दा माथी उठेर जनताले पवित्र मतदान गर्ने विश्वास लिनुभएको छ । मतदाताले पार्टी प्रवेश गर्नुपर्दैन जनताले आफ्नो अधिकार प्रयोग गर्ने हो । जनताका आवाजलाई संसदमा पुर्याउने र शसत भूमिका निर्वाह गर्ने हो त्यस्तो व्यक्तिलाई छान्नका लागी जनताले पार्टी प्रवेश गर्नुपर्देन सक्षम व्यक्तिलाई मतदान गरेपुग्ने भन्दै यो अभियानलाई तिब्रता बनाउनु भएको छ ।
गाऊँगाऊमा महिलाहरुले समुह समेत बनाएर कुन्ति शाही जिताऔं अभियान नै चलाएको भन्दै आफूलाई यसकिसिमको साथ पाएकोले अझ जिम्मेवारी बढेको महशुस भएको बताउनु भएको छ ।

 

खबर एक्सप्रेस