आज:  | Thu, 28, Mar, 2024

ज्याकलिनलाई अदालतबाट ठुलो राहत

२०७९, १ मंसिर बिहीबार ०८:५३ मा प्रकाशित ( १ साल अघि) ४५५८ पाठक संख्या

काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अदालतबाट ठुलो राहत मिलेको छ । २०० करोडको मनी लान्ड्रिङ मुद्दामा ज्याक्लिनलाई पटियाला हाउस कोर्टले मंगलबार २ लाख रुपैयाँको व्यक्तिगत धरौटी र सोही रकमको जमानतमा जमानत दिएको हो । ज्याकलिनको जमानतमा अदालतमा बहस भएपछि नोभेम्बर १० मा फैसला सुरक्षित राखिएको थियो । यससँगै अब अभिनेत्रीलाई सशर्त जमानत दिइएको छ । यस मुद्दामा अभिनेत्री अन्तरिम धरौटीमा छुटेकी थिइन् ।
ज्याकलिनले अहिले धेरै गम्भीर आरोपहरू सामना गरिरहेकी छिन्, जसमध्ये एउटा सुकेश चन्द्रशेखर ठग भन्ने थाहा हुदा हुदै उनले महँगा उपहारहरु लिएको विषय रहेको छ ।
ज्याकलिनमाथि २०० करोडको सम्पत्ति शुद्धीकरणका मुख्य अभियुक्त सुकेश चन्द्रशेखरका सबै कालो गतिविधिबारे उनलाई थाहा भएको आरोप पनि छ । यति हुँदाहुँदै पनि उनले आरोपितसँग मित्रता कायम राखे र महँगो उपहार लिएको उनी माथि आरोप रहेको छ । कतिपय रिपोर्टले दुवैजना रिलेशनशिपमा रहेको दाबी समेत गरेका छन् । जबकि ज्याकलिनले यी आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेकी छिन् ।

 

खबर एक्सप्रेस