आज:  | Fri, 03, Feb, 2023

समानुपातिकतर्फ एमालेको सबैभन्दा बढी मत

२०७९, १५ मंसिर बिहीबार १६:४६ मा प्रकाशित ( २ महिना अघि) २२०२ पाठक संख्या

मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड दुई लाख ६४ हजार ५३ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी २७ लाख ३३ हजार ४०८ मत प्राप्त गरेको छ। दोस्रोमा भने नेपाली कांग्रेसले २६ लाख पाँच हजार ९७६ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५५ हजार ७२१ मत ल्याएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख आठ हजार ३९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८१ हजार ५५२, जनता समाजवादी पार्टीले चार लाख १७ हजार २६७,जनमत पार्टीले तीन लाख ८८ हजार ६६५, नेकपा एकीकृत समाजवादीले दुई लाख ९३ हजार ८७,नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ९४३, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६६ हजार ४६९, नेपाल मजदुर किसान पार्टीले ७४ हजार ९३६,हाम्रो नेपाली पार्टीले ५४ हजार ६४८, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार १२७, राष्ट्रिय जनमोर्चाले ४६ हजार २२५, नेपाल सङ्घीय समाजवादीले ४१ हजार ६४०, नेकपा माक्सवादी लेनिनवादीले ३० हजार २१५, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ४३५, जनता प्रगतिशील पार्टीले १८ हजार १५, नेपाल आमा पार्टीले १७ हजार ७९६,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ७०१, बहुजन एकता पार्टीले १७ हजार ५०, नेपाली कांग्रेस बीपीले १२ हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १२ हजार १७७, नेपाली जनता दलले नौ हजार ८७३, बहुजन शक्ति पार्टीले नौ हजार ४२७, नेपालका लागि नेपाली पार्टीले आठ हजार ३४६, नेपाल कम्युनिष्ट पार्टीले सात हजार ९१० ,
नेपाल जनता पार्टीले सात हजार ४८९, नेपाल लोकतान्त्रिक पार्टीले सात हजार ३६८, नेकपामा ९पुष्पलाल०ले सात हजार २८५, मितेरी पार्टी नेपालले सात हजार ३९, जनजागरण पार्टी नेपालले छ हजार ४७२, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार ३५८,तराई मधेश लोकतान्त्रिक पार्टीले पाँच हजार ९५३, जनसमाजवादी पार्टीले पाँच हजार ८०३, नेकपा सामाजिक एकता पार्टीले पाँच हजार ७४१, पिछाडावर्ग निषाद दलित जनजातिले पाँच हजार ११, विवेकशील साझा पार्टीले चार हजार १६,एकीकृत शक्ति नेपालले तीन हजार ६९०, नेकपा माओवादी समाजवादीले तीन हजार ६७२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले तीन हजार ३८५, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार ३०९, मौलिक जरोकिलो पार्टीले तीन हजार १७७, नेपाल समावेशी पार्टीले दुई हजार ७३३, नेकपा ९परिवर्तन०ले दुई हजार १७१, राष्ट्रिय नागरिक पार्टीले दुई हजार ११६ र नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ७ मत प्राप्त गरेका छन्।

 

 

खबर एक्सप्रेस