आज:  | Fri, 03, Feb, 2023

पल शाह फ्यान क्लबले रक्तदान कार्यक्रम गर्दै

२०७९, १५ मंसिर बिहीबार १७:३१ मा प्रकाशित ( २ महिना अघि) २६९८ पाठक संख्या

पल शाह फ्यान क्लबले अभिनेता पल शाहको न्यायको माग गर्दै आगामी शनीबार रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले काठमाडौंको वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु हुनेछ । पल कानुनी झमेलामा फस्नुअघि यो क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको थियो । अहिले भने उनको न्यायको माग गर्दै रक्तदान गर्न लागेको हो । पललाई गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको थियो । पल अहिले जिल्ला कारागार तनहुँमा छन् । नवलपुर अदालतले पलमाथि लागेको आरोपको विषयमा फैसला गरिसकेको भएपनि तनहुँ जिल्ला अदालतको मुद्दा भने विचाराधीन छ ।

खबर एक्सप्रेस