काठमाडौं, मंसिर १७ गते । कतारमा जारी २२औं फिफा विश्वकपको नकआउट चरणको समीकरण पूरा भएसँगै एसियाबाट जापान, दक्षिण कोरिया र अस्ट्रेलिया नकआउट चरणमा पुगेका छन् । शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै विश्वकपमा नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको छ ।
नकआउट चरणका खेलहरु शनिबार रातिदेखि सुरु हुदैछन् आज शनिबार राति ८ः४५ बजे नेदरल्यान्ड्स र अमेरिका तथा राति १२ः४५ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ ।