आज:  | Fri, 03, Feb, 2023

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक

२०७९, १९ मंसिर सोमबार २०:०६ मा प्रकाशित ( १ महिना अघि) १७६८ पाठक संख्या

काठमाडौं, मङ्सिर १९ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । त्यसैगरी, नेकपा एमाले ४४ सिटसहित दोस्रो भएको छ । नेकपा माओवादी केन्द्र १८, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात–सात सिट जितेका छन् ।

खबर एक्सप्रेस