आज:  | Sun, 14, Apr, 2024

कर्णालीका यात्रुलाई हवाई टिकट पाउनै सास्ती

२०७९, २ पुष शनिबार १३:३५ मा प्रकाशित ( १ साल अघि) ४२७९ पाठक संख्या

हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ । नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनेहुदा हुम्लाबाट नेपालगन्ज र सुर्खेत आउने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो ।

समिट एयरले नेपालगञ्जमा तीन चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुलाई टिकटको समस्या भएको हो । बिहीबार नेपालगञ्जमा लागेको हुस्सुको कारण सिमकोटका लागि कुनै उडान हुन सकेको थिएन । शुक्रबार पनि ढिलो गरेर एक तारा र समिटले उडान भरेका थिए। हुम्लामा चिसो हुने हुँदा माथिल्लो हुम्लाका स्थानीय तराईमा जाडो छल्न जाने गर्छन्।

खबर एक्सप्रेस