आज:  | Fri, 22, Mar, 2024

शाहरुख खानले ‘पठान’मा लिए सय करोड

२०७९, २ पुष शनिबार १३:४३ मा प्रकाशित ( १ साल अघि) ४४३४ पाठक संख्या

काठमाडौँ । बलिउडमा किड. खान शाहरुख खानको नयाँ फिल्म ‘पठान’ मार्फत पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन लागेका शाहरुख जति उत्साहित छन्उ । भने उनका फ्यानहरु अझ बढी उत्साहित छन् । फिल्मका कलाकारले कति लिए त पारिश्रमिक

शाहरुख खान

फिल्म ‘पठान’मा शाहरुख खान प्रमुख भूमिकामा देखिँदैछन् । यो फिल्ममा शाहरुखको बडी ट्रान्सफर्मेशन देखेर जोकोही चकित छन् । फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका छन् ।

दीपिका पादुकोण

फिल्ममा अभिनेत्री दीपिका पादुकोण शाहरुखको अपोजिटमा देखिएकी छन् । यो फिल्मका लागि दीपिकाले १५ करोड पारिश्रमिक लिएकी छन् ।

जोन अब्राहम

अभिनेता जोन अब्राहमा फिल्ममा भिलेनको भूमिकामा छन् । फिल्मका लागि उनले २० करोड पारिश्रमिक बुझेका छन् ।

सिद्धार्थ आनन्द

फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हु्न् । उनले फिल्मका लागि ६ करोड पारिश्रमिक लिएका छन् ।

खबर एक्सप्रेस