आज:  | Fri, 12, Apr, 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सञ्चालनमा

२०७९, १७ पुष आईतवार १२:०८ मा प्रकाशित ( १ साल अघि) ४४३४ पाठक संख्या

नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सञ्चालनमा आउने छ । योसँगै नेपालमा अब अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुन बिमान स्थलको चाप पनि कम हुने आशा गरिएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपछि आजदेखि विमानस्थल सञ्चालनमा आउने भएको हो । विमानस्थल आजदेखि सञ्चालनमा आएपनि फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा चल्ने छ । यो विमानस्थल २०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । चिनियाँ ऋण उपलब्ध यस आयोजना निर्माणमा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै, विमानस्थलमा २ हजार ५०० मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग छ ।

 

खबर एक्सप्रेस