काठमाडौँ । नेपाली फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको हो ।
फिल्ममा जितु नेपाल र साम्राज्ञी आरएल शाहबीचको उतारचढावलाई प्रस्तुत गरिएको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको पनि अभिनय छ । फिल्मको निर्देशक डा. कपिल रिजाल हुनुहुन्छ । यही फिल्मको ‘धरहरा हल्लियो’ गीत केही दिन अघि रिलिज भएको थियो गीतमा अभिनेत्री रेखा थापाले नृत्य गर्नुभएको छ ।
फिल्ममा निर्देशक रिजाल स्वयंको कथा, सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा तथा संवाद लेखेका हुन् भने सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो । फिल्मको प्रदर्शन आगामी माघ २० गतेबाट हुदैछ ।