आज:  | Sun, 26, Mar, 2023

बेस्ट ब्युटिसियन ट्रेनर २०७९ सुर्खेतका यशोधा केसीलाई

२०७९, ८ माघ आईतवार २१:२६ मा प्रकाशित ( २ महिना अघि) ३२८७ पाठक संख्या

सुर्खेत । बेस्ट ब्युटिसियन ट्रेनर २०७९ को अवार्ड कर्णाली प्रदेश सुर्खेतकी यशोधा केसीले प्राप्त गर्नुभएको छ । काठमाडौंमा सम्पन्न भएको दोस्रो नेपाल ब्युटिसियन एण्ड फेशन अवार्ड २०७९ बाट सम्मानित हुनु भएको हो ।
सुर्खेतको वीरेन्द्रनगर स्थित ए टु जेट् ब्युटिपार्लरको संचालन समेत रहनुभएको केसी बिभिन्न सामाजिक कार्यमा समेत सकृय रहदै आउनुभएको छ । वहाँले पाएको अवार्ड यस क्षेत्र कै पहिलो रहेको बताईएको छ । लामो समयदेखी श्रुगार एवं ब्युटिपार्लरका क्षेत्रमा प्रशिक्षकका रुपमा काम गर्दै आउनु भएको छ । यस सम्मानले आफूलाई केही गरौं भन्ने उर्जा मिलेको बताउनु भएको छ ।

खबर एक्सप्रेस