नेपालमा SRK UNIVERSE NEPAL बाट काठमाडौंको सिटीसेन्टर स्थित बिग मुभीजमा आफ्नो आइडल शाहरुख खानको पठान फिल्मको लागी पहिलो दिन पहिलो शोका लागी सयौ टिकट खरिद गरिएको छ । अझै पनि थुप्रै टिमले सम्पर्क गरिरहेको टिमका एक सदस्यले बताएका छन । सोही टिमले बुधबार बिहान ७ बजे शो रहेकोले सबैजना ६ बजे उपस्थित भइदिनका लागी अपील समेत गरेको छ ।
सोही समयमा सबैको भेटघाट गर्दै पोस्टर, ब्यानरको साथमा केक काटेर केहीबेर सेलिब्रेसन गर्ने कार्यक्रम रहेको जनाएको छ । यो कार्यका लागी बिग मुभीजले सहयोग गरेकोमा टिमले धन्यबाद समेत दिएको ।