आज:  | Tue, 16, Apr, 2024

जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने

२०७९, ९ माघ सोमबार १८:५१ मा प्रकाशित ( १ साल अघि) २९१५ पाठक संख्या

फिल्म ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । यो फिल्म को मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् ।
प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दिपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का फिल्म प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्म मुलुक बाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् । नेपाली तथा तामाङ भाषाको दर्जनौं सफल फिल्महरु प्रस्तुत गरिसकेका निर्देशक लामा दर्शकले चलचित्र रुचाउनेमा विश्वस्त छन् ।

 

खबर एक्सप्रेस