आज:  | Mon, 25, Sep, 2023

प्रेम प्रसाद आचार्यको लागि न्याय माग्दै “Kathmandu Uprising”

२०७९, ११ माघ बुधबार २२:२३ मा प्रकाशित ( ८ महिना अघि) ५२७१ पाठक संख्या

नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ। आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो। युवाहरूको स्वस्फूर्त आह्वान बाट बुधबार माइतीघर मण्डलमा भेला भई आचार्यको न्यायका लागि प्रदर्शन भएको हो। माइतीघर मण्डलामा दिउँसो १ बजे भेला भएका युवाहरुले केही समय धर्ना राखी माइतीघर बाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए। उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन्।

आचार्यको जस्तो अवस्था अन्य युवाले भोग्न नपरोस् भनेर प्रदर्शन गरेको प्रदर्शनको नेतृत्व गरिरहेका सुरज गिरी आभासले बताएका छन्। उनको आत्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने उनीहरुको माग छ।

देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएको “Kathmandu Uprising” का मुख्य अभियन्ता अभिविन्द खनियाले बताउनुभयो । जसमा सयौं युवाहरू सहभागी भएका थिए ।

खबर एक्सप्रेस