आज:  | Sun, 26, Mar, 2023

पठानको दुई दिनको कमाई २१९.६० करोड

२०७९, १३ माघ शुक्रबार १६:२७ मा प्रकाशित ( १ महिना अघि) १८९२ पाठक संख्या

काठमाडौँ । बलिवुडका किङ खान शाहरुख खानको फिल्म पठानले रिलिजको दोस्रो दिन पनि नयाँ रेकर्ड बनाएको छ । भारतीय बक्स अफिसमा पठानले दोस्रो दिन ६८ करोड कमाई गर्दै एकै दिन भारतीय फिल्मले गरेको कमाईको नयाँ रेकर्ड बनाएको हो ।यस अघि पठानले रिलिजको पहिलो दिन ५५ करोडको कमाई गरेको थियो ।अब दुई दिनमा पठानले १२३ करोड कमाई गरेको बलिवुडका फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

त्यस्तै पठानले विश्वबक्स अफिसमा पनि शानदार कमाई गरेको छ । पठानले रिलिजको पहिलो दिन विश्वभर १०६ करोड कमाई गरेको थियो भने दोस्रो दिन विहिबार ११३.६० करोड कमाई गरेको आदर्शले उल्लेख गरेका छन् । पठानले विश्वभर दुई दिनमा २१९.६० करोड कमाई गरेको छ ।

यसअघि शाहरुख खानका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनी चार वर्षको ब्रेकपछि उनको फिल्मलाई लिएर उनका फ्यानमा निकै उत्साह छ र त्यसको झलक सिनेमा घरमा देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मले रिलिजको दोस्रो दिन आज पनि आक्रामक कमाई गर्ने बताइएको छ । यस फिल्ममा शाहरुखसँगै निकै चर्चित कलाकार दीपिका पादुकोण र जोन अब्राहम रहेका छन् ।

 

खबर एक्सप्रेस