आज:  | Wed, 27, Mar, 2024

म्याराथनमा अभिनेत्री पवित्राले महिला तर्फ प्रथम भई ५०,००० प्राप्त

२०७९, १५ माघ आईतवार २३:२५ मा प्रकाशित ( १ साल अघि) ४३७२ पाठक संख्या

नेपाल चलचित्र कलाकार संघ कान्ति सास्कृतिक केन्द्र र दिलकुमारी केसि फाउन्डेसनको संयुक्त आयोजनामा काठमाडौंको लैनचौरमा ३ किलोमीटर म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । चलचित्र क्षेत्र,सङीत क्षेत्र, पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई सम्मान गर्ने उद्देश्यका साथ आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि उपसभामुख इन्दिरा रानामगर र विशिष्ट अतिथि उर्जा,जलश्रोत राज्यमन्त्री दिपक बहादुर सिंह हुनुहुन्थ्यो। कार्यक्रममा विशेष सम्मान पत्रका साथ विशिस्ट चलचित्रकर्मि बसुन्धरा भुषाल, अभिनेता भुवन केसि बरिष्ठ अभिनेत्री करिष्मा मानन्धर, बरिष्ठ अभिनेता धिरेन शाक्य, अभिनेत्री रेखा थापा, अभिनेत्री पूजा शर्मा,अभिनेता पुष्प खड्का, सङीतकर्मी, लोकप्रिय गायक हरि कर्माचार्य लगाएतलाई सम्मानित गरिएको थियो । भने सुनिल बर्देवाको स्मरणमा वहाँका छोरी मार्फत मरणोपरान्त सम्मान पत्र प्रदान गरिएको थियो । पत्रकार प्रकाश सुवेदी र ऋषि धमलालाई समेत सम्मान पत्र प्रदान गरिएको घोषणा समेत भएको थियो ।
आयोजकका तर्फबाट कान्ति सास्कृतिक केन्द्र का सचीव श्री समीर हमालको संयोजकत्वमा भएको कार्यक्रम अब हरेक बर्ष आयोजना गरिने आयोजकले बताउनु भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताउनु भयो ।

 

 


३ किलोमिटर दौड मा कलाकार संघका सहकोषाध्यक्ष नायिका श्री पवित्रा आचार्य महिला तर्फ प्रथम भएर रु नगद ५०,००० को नगद राशी ट्रफी, प्रमाणपत्र समेत हासिल गर्नुभएको थियो ।

खबर एक्सप्रेस