आज:  | Sun, 26, Mar, 2023

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा

२०७९, १५ माघ आईतवार २३:३७ मा प्रकाशित ( १ महिना अघि) २०१६ पाठक संख्या

दीपेन्द्र के खनालको निर्देशनमा पशुपति प्रसाद२ ‘भस्मे डन’ निर्माण हुने भएको छ । आज ‘पशुपतिप्रसाद’ प्रदर्शन भएको सात वर्ष पुगेको अवसर पारेर खुसी साट्दै ‘पशुपति प्रसाद२ ‘भस्मे डन’को घोषणा गरिएको हो। फिल्म घोषणासँगै आगामी फुलपातीका दिन प्रदर्शन हुने समेत बताईएको छ । । यस फिल्मको निर्माता तथा लेखकमा खगेन्द्र लामिछाने रहेका छन् ।

टुकी आर्टस् प्रा।लिको प्रस्तुति रहने फिल्मको छायाकंन आगामी फागुन दोस्रो साताबाट हुने बताइएको छ । यस्तै, फिल्ममा कृष्ण भारद्वाज र सुवास भुसालको संगीत रहने छ भने, दीर्घ खड्काको सम्पादन रहने छ । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाँ मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारहरूको अभिनय रहने छ ।

खबर एक्सप्रेस