आज:  | Tue, 26, Sep, 2023

चलचित्र ‘मन सँग मन’को अफिसियल ट्रेलर सार्वजनिक

२०७९, १९ माघ बिहीबार २१:४८ मा प्रकाशित ( ७ महिना अघि) ५२४० पाठक संख्या

चलचित्र ‘मन सँग मन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। केहि दिन अघि चलचित्रको टिजर सार्वजनिक गर्दै प्रचार सुरु गरेको निर्माण टिमले अब भने चलचित्रको ट्रेलर सार्वजनिक गर्दै प्रमोसनलाई तीव्र गर्ने भएको छ। २मिनेट ४ सेकेन्ड लामो ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु पुष्प खड्का, बर्षा सिवाकोटी र बुद्धि तामांग केन्द्रमा छन। प्रेम बिछोड र बदलाको भाव देखिने ट्रेलर निकै रोमान्चक बनेको छ।
सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा अरुण तामाङको लगानी रहेको छ। अर्जुन पोखरेल, अगोम गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन्। कैलाश राईले निर्देशन गरेको चलचित्रमा पुष्प र बर्षा सहित वुद्दि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्र यहि माघ २७ गतेबाट प्रदर्शन हुदैछ।

खबर एक्सप्रेस