आज:  | Fri, 19, Apr, 2024

यातायात क्षेत्रका समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन

२०७९, १९ माघ बिहीबार २२:०३ मा प्रकाशित ( १ साल अघि) ३२५६ पाठक संख्या

सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णय मार्फत सो कार्यदल गठन गरेका हुन्। कार्यदलको संयोजकमा प्रा।डा।राजेन्द्रप्रसाद अधिकारी रहेका छन्।
कार्यदल ६ सदस्यीय छ। कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषयविज्ञका रूपमा डा लीना गुरुङ सदस्य रहेका छन्। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर इञ्जीनियर अर्जुनप्रसाद अर्याल सदस्यसचिव छन्।

खबर एक्सप्रेस