आज:  | Sun, 26, Mar, 2023

सफाइ अभियानमा पुगिन अभिनेत्री रेजिना

२०७९, २१ माघ शनिबार २२:२६ मा प्रकाशित ( १ महिना अघि) १७३७ पाठक संख्या

बाग्मती सफाई महाअभियानको ५०८ हप्ताको अभियान पशुपति स्थित सुर्यघाट आसपासमा बाग्मती नदीसफा गरी सम्पन्न भएको छ । आजको अभियानमा नेपाल चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीको बिशेष सहभागीता रहेको थियो । अभियानमा सरिका हुन पाउदा आफूलाई खुशी लागेको भन्दै समय मिलाएर यो अभियानमा सहभागीता जनाउने प्रतिबद्धता जनाउनु भयो । कलाकार संघ यो अभियानको प्रमुख अंगका रुपमा शुरुवाती देखी सहभागीता रहेकोले यो अभियानमा हाम्रो साथ समर्थन र सहयोग रहने बताउनु भयो । यो महाअभियान वि।सं २०७० जेठ ५ गते “राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ शुरुवात भएको अभियान निरन्तर संचालनमा रहदै आएको छ । यो अभियान संचालन भएदेखी हालसम्म करिब १५ लाखको जनसहभागीता रहेको छ । भने बाग्मती लगायत सहायक नदीहरुबाट करिब १५हजार मेटिक टन फोहर निकालेर ब्यबस्थापन गरिसकेको अभियन्ता माला खरेलले बताउनु भयो ।


महाअभियानको प्रेरणाबाट उपत्यकामा वाग्मती नदीका सहायक नदीहरु क्रमशः विष्णुमती,रुद्रमती,ईच्छुमती,मनहरा, हनुमन्ते,गोदावरी,नख्खु, कोडकु तथा वाग्मतीका बिभिन्न भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगंगा, आलोकनगर, सुन्दरीघाट र चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागका सफाइ अभियानहरु समेत संचालनमा रहेका छन् । पुर्वको बिर्तामोड देखी सुदुरपश्चिमको महेन्द्रनगरसम्म मेचिमहाकाली सफाई अभियानका साथै उपत्यका बाहिरका १०० भन्दा बढी स्थानमा सफाई अभियान निरन्तर संचालनमा रहेका छन् । बाग्मती नदी किनारामा तिन दर्जनभन्दा बढी पार्कहरु निर्माण भएका छन् । नदी किनारामा करिब ५ हजारभन्दा बढी बिरुवाहरु रोपिएका छन् । बाग्मती किनारामा अहिले रुद्राक्ष, बरपिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाब लगाएत बिभिन्न जातका बिरुवाहरु हुर्किदै आएका छन् । यसले गर्दापनि बाग्मती नदी किनारहरु बातावरणमैत्री बन्दै गएका छन् । जबसम्म बाग्मती नदी र यसका सहायक नदी सफा हुदैनन तबसम्म यो अभियान जारी रहने अभियन्ताहरुको भनाई छ ।

 

 

खबर एक्सप्रेस