आज:  | Thu, 30, Mar, 2023

दैलेखको पेट्रोलियम अन्वेषण निर्णायक हुने

२०७९, २६ माघ बिहीबार ०७:०० मा प्रकाशित ( १ महिना अघि) १७६८ पाठक संख्या

दैलेखको पेट्रोलियम अन्वेषणका लागि अन्तिम सर्वेक्षण सुरु हुने भएको छ। यो सर्वेक्षण नै निर्णायक सर्वेक्षण भएको बताइएको छ। अहिले सुरु गरिने सर्वेक्षणले कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने यकिन गरिँदै छ। गत मन्त्रिपरिषद्को बैठकबाट जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।
‘सरकारले अन्तिम सर्वेक्षणका लागि दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भनेर गरेको निर्णय निकै सराहनीय छ अब छिट्टै काम सुरु हुनेमा दैलेखीहरु आशाबादी छन् ।
दैलेखमा ०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत विभिन्न चरणका कामहरू सम्पन्न भइसकेका छन्। अर्थपूर्ण मानिएको यसपटकको अन्तिम सर्वेक्षणमा जमिनमुनि चार किलोमिटर ड्रिलिङ हुनेछ। यहीबाट कति परिमाणमा पेट्रोलियम पदार्थ भण्डारण छ भन्ने कुराको पुष्टि हुनेछ। चीनको जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने कार्य सम्झौता भैसकेको छ ।
चीनको प्राविधिक टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओकेमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिसकेको छ। सोही कार्यअन्तर्गत दैलेख, सुर्खेत, अछाम, कालीकोटसम्मका क्षेत्रलाई आधार मानेर ३३ सय स्थानमा १० मिटर गहिराइमा ड्रिलिङ सम्पन्न भइसकेको छ।

 

खबर एक्सप्रेस