आज:  | Thu, 28, Sep, 2023

महाशिवरात्रीमा भड्किलो लुगा लगाए लाइनबाट निकालिने

२०७९, ५ फाल्गुन शुक्रबार ००:०० मा प्रकाशित ( ७ महिना अघि) ३८७६ पाठक संख्या

पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्री मनाउन आउँदा भड्किलो लुगा लगाएर पशुपति मन्दिर नआउन महिलाहरुलाई आग्रह गरेको छ । कोषले यही फागुन ६ गतेको महाशिवरात्री पर्वका लागि पशुपति मन्दिर परिसरमा विभिन्न तयारी गर्नेृ क्रममा सो कुरा आएको हो । ‘महिलाहरु भड्किलो लुगा नलगाई सभ्य लुगा लगाएर आउनु अपील गरेको हो । पत्रकार सम्मेलनमा सो कुरा ब्यतm गरिएको छ । कोषले भड्किलो र असभ्य खुला लुगा लगाएर आउनेहरुलाई स्वंयसेवक र प्रहरीले मन्दिर परिसर र लाइनबाट बाहिर निकाल्ने गरी स्वंयसेवक र प्रहरीहरुलाई अभिमुखीकरण तालिम दिइसकेको जानकारी समेत दिईएको हो ।
‘विगतमा भड्किला पहिरनले गर्दा महिलाहरुमा सुरक्षा समेत चूनौती थपिएको भन्दै सो निर्णय गरिएको हो ।

खबर एक्सप्रेस