आज:  | Fri, 29, Mar, 2024

क्यानले गुण एयरलाइन्सको उडान रोक्यो

२०७९, ८ फाल्गुन सोमबार २१:१४ मा प्रकाशित ( १ साल अघि) ४५२७ पाठक संख्या

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ । एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानले जनाएको छ । गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको जनाएको छ ।

 

खबर एक्सप्रेस