आज:  | Wed, 27, Mar, 2024

ओभ पुरीको अन्तिम फिल्म “खेला होबे” फरवरी २४ मा रिलिज हुने

२०७९, ८ फाल्गुन सोमबार २१:२९ मा प्रकाशित ( १ साल अघि) १०२३१ पाठक संख्या

बलिउडका वरिष्ठ अभिनेता ओभ पुरीको जीवनको अन्तिम फिल्म, खेला होबे फरवरी २४ मा रिलिज गर्न लागेको निर्देशक सुनील सी सिन्हाले जनाएका छन् । निर्देशकका अनुसार सो फिल्म भारतभर रिलिज गर्न लागीएको जनाएका छन् ।

भारत पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले बिधान सभाको चुनावमा प्रयोग गरेको नारालाई प्रयोग गरि फिल्मको नाम राखिएको छ । फिल्मका निर्माता कुमारी मंजू हुन भने लेखक रवि कुमार हुन ।
थीम आर्ट्स इंटरनेशनल र सुनील सी सिन्हा प्रोडक्शनको ब्यानरमा बनेको फिल्म “खेला होबे” स्वर्गीय ओम पुरीको अन्तिम फिल्म हो । फिल्ममा ओम पुरीसँगै मुग्धा गोडसे, मनोज जोशी, रति अग्निहोत्री, रूशद राणा, राजकुमार कनौजिया, संजय बत्रा, संजय कुमार सोनू, रतन मायाल, पंकज रैना, शाहनवाज प्रधान शेफाली, आर्यनको मुख्य भूमिकामा रहेका छन् । यो फिल्मका बारेमा निर्देशक सुनील सी सिन्हाका अनुसार “खेला होबे” एक राजनीतिक र सामाजिक कथाबस्तुमा आधारीत फिल्म हो । ओम पूरीले एक कम्युनिटी नेताको रुपमा भुमिका निभाएका छन् । ओम पुरीलाई हेर्न दर्शकहरु हलसम्म आउने निर्देशकले विश्वास लिएका छन् ।

खबर एक्सप्रेस