विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड भद्रपुर झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
ए डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइजले पुलिसमाथि ३–० गोल अन्तरको जित निकालेको हो। चर्च ब्वाइजलाई क्वार्टरफाइनल प्रवेश गराउन आशिष चौधरीले २ गोल र गगनदिप सिंहले १ गोल गरे।