आज:  | Thu, 30, Mar, 2023

सिल-को भारत दर्शन कार्यक्रमअन्तर्गत स्वागत समारोह सम्पन्न

२०७९, ९ फाल्गुन मंगलवार २२:०३ मा प्रकाशित ( १ महिना अघि) २५१२ पाठक संख्या

अन्तर राज्य छात्र जीवन दर्शन- अर्थात सिल-को भारत दर्शन कार्यक्रमअन्तर्गत पुर्वोत्तर भारतबाट आएका विद्यार्थीहरूलाई स्वागत जनाउनका लागि सिलगढीमा स्वागत समारोह आयोजना गरिएको थियो। समारोह गत १८ फरवरीको दिन सिलगढीस्थित HMA भवनमा सप्पन्न गरियो। सिल फाउण्डेशन स्वागत समितिका पक्षबाट सुमन कुमार बस्नेतले दिएको जानकारीअनुसार उक्त समारोहमा सिलगढीको मिलनमोडमा अवस्थित लिट्ल एन्जल स्कुलका विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुति दिनका साथै पुर्वोत्तर भारतका सातैवटा राज्यहरूबाट आएका विद्यार्थीहरूद्वारा पनि सांस्कृतिक प्रस्तुति दिइएको थियो। यस क्रममा एक महिनाब्यापी भारत भ्रमणमा आएका पुर्वोत्तर राज्यहरूका SEIL प्रतिनिधिवर्गलाई परम्परागत शैलीमा स्वागत जनाइयो। यस अवधि विद्यार्थीहरूले भारत दर्शन यात्राको अनुभव पनि साझा गरेका थिए। उक्त कार्यक्रमको अध्यक्षता प्रख्यात न्युरोलोजिस्ट डाक्टर अमिताभ मिश्रले गरेका थिए भने सिलको औचित्य एवं उद्देश्यमाथि ABVP का क्षेत्रीय संगठन मन्त्री अपान्शु सागर सिलले प्रकाश पारेका थिए। उल्लेखनीय छ, गत १६ देखि १९ फरवरीसम्मको सिलगढी बसाइको क्रममा पुर्वोत्तरबाट आएका सिल प्रतिनिधिहरूलाई इन्टरनेशल स्कुल अफ डिजाइन, उत्तरबङ्गाल विश्वविद्यालय, साइन्स सेन्टर, DPMI, सिलगढी, NHPC, त्रिवेणी संस्कृत विद्यापिठ, इन्डो बङ्गलादेश सिमा फुलबारी स्थित BSF शिविर लगायतका विभिन्न स्थानहरूको भ्रमण गराइएको थियो। विद्यार्थीहरूले एक-अर्काको संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न सकुन् भन्ने उद्देश्यले होटेल आदिको सट्टा उनीहरूलाई विभिन्न घर-परिवारमा ३ दिन बस्ने व्यवस्था पनि मिलाइएको थियो।

 

खबर एक्सप्रेस