आज:  | Sat, 23, Mar, 2024

भक्तपुरका कुखुरामा बर्डफ्लु

२०७९, ११ फाल्गुन बिहीबार ०९:५७ मा प्रकाशित ( १ साल अघि) ४१५५ पाठक संख्या

भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि कुखुरा,चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।

रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको हो । फार्ममा पालिएका कुखुरा धमाधम मर्न थाले पछि कुखुरामा गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेखिएको हो ।

तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरिएको हो ।

खबर एक्सप्रेस