आज:  | Thu, 30, Mar, 2023

आज युएईलाई जिते नेपालले विश्वकप खेल्ने

२०७९, १८ फाल्गुन बिहीबार १०:१७ मा प्रकाशित ( ४ हफ्ता अघि) ७४५ पाठक संख्या

काठमाडौँ– नेपालले आइसिसी यू–१९ क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको अन्तिम तथा निर्णायक खेल आज आयोजक युएईसँग खेल्दैछ । यो खेल जितेको खण्डमा नेपाल सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।
नेपाल र युएई दुवै सुरुवाती चार खेलमा अपराजित छन् । यसर्थ, विश्वकपमा छनोट हुन यी दुवै टोलीले एक–अर्कालाई पराजित गर्नुपर्ने हुन्छ । यो निर्णायक खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुनेछ ।
समान अंक रहे पनि यूएई नेट रनरेटका कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । यसर्थ, नेपाललाई आज स्पष्ट जितको खाँचो छ ।

खबर एक्सप्रेस