आज:  | Thu, 18, Apr, 2024

‘नाइँ नभन्नु ल ६’ मार्फत आशिर्वाद क्षेत्री नयाँ स्टारको जन्म

२०७९, १८ फाल्गुन बिहीबार २०:४८ मा प्रकाशित ( १ साल अघि) ४४९६ पाठक संख्या

काठमाडौं । ‘नाइँ नभन्नु ल ६’ को टिजर सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण टिजरमा डेब्यू नायक आशिर्वाद क्षेत्रीलाई लभर र एक्सन चरित्रको रुपमा स्थापित गर्न खोजिएको छ ।
सरोज खनाल, केकी अधिकारी, प्रियंका कार्कीजस्ता चलेका अनुहार पनि यसमा छन् । आशिर्वाद र आँचललाई जोडीको रुपमा प्रस्तुत गरिएको छ भने अन्य कलाकार पारिवारक चरित्रको रुपमा छन् ।

विकासराज आचार्यको निर्देशन रहेको फिल्मको निर्माणमा उनले विष्णुमणि दाहालसँग सहकार्य गरेका छन् । सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता छन् । वैशाख १ गते प्रदर्शन मिति तय गरिएको फिल्म २०७१ सालमा रिलिज भएको ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला हो ।

खबर एक्सप्रेस