आज:  | Mon, 15, Apr, 2024

विश्वकपमा स्थान पक्का गरी नेपाली टोली आज स्वदेश फर्कर्दै

२०७९, १९ फाल्गुन शुक्रबार १०:३९ मा प्रकाशित ( १ साल अघि) ३४७३ पाठक संख्या

नेपाली यू१९ क्रिकेट टीमले आगामी वर्ष श्रीलंकामा हुने यु १९ को विश्वकपमा स्थान पक्का गरेर टोली आज स्वदेश फर्कन लागेको हो। टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ। बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो।

विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिमका हरेक सदस्यलाई क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले एक९एक लाख रूपैयाँ पुरस्कार दिने घोषण गरेको छ। ८ वर्षपछि युएईलाई हराउँदै नेपाली यू–१९ टिम विश्वकपमा छनोट भएको हो। क्यानले सरकारलाई पनि उचित सम्मान गर्न अनुरोध गरेको छ।

 

खबर एक्सप्रेस