म एउटा नारी तिम्रो एक पात्र मात्र हुँ
हसाउँ हासिदिन्छे
रुवाउ रोइदिन्छे
फगत तिमी मेरो ज्यान माग
रतिभर धक नमानी प्राण त्यागी दिन्छे
प्रेमले भरेर हेर
बदलामा आफूलाई रित्याईदिन्छे
मात्र स्त्री बेग हेर तिमी
छिन भरमै संसार उजाडिदिन्छे
हिम्मत छ र त हरपल
तिम्रो टेवा बनिदिन सक्छे
मान या नमान यतिमात्र भन्छु
नारिको सम्मान गर्न जान
नारीको सम्मानमा नै
तिम्रो ईज्जत पनि जोडोएको छ ठान
नारिको बेईज्जतमा नै
तिम्रो घर संसार सधैं सधैंका लागि
उजाडिन्छ मान
नारी रंग एक ईन्द्रेणी हुन
हर रंग भर्न सक्छे
बगैंचाका हरेक फूलमा महक छर्न सक्छे
त्यसैले त ईन्द्रेणी उदाएको छ
त्यसैले त फूलेका प्रत्येक फूलमा
मोह भरिएको छ
नारीको शक्तिमा नै
सृष्टिको उजागर भएको छ
प्रमिला पौडयाल अभियन्ता
अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको उपलक्ष्यमा संपूर्ण महिलाहरुमा सम्मान हार्दिक शुभकामना