२५ फागुन, बुटवल । साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले बिहीबार कुबेतबाट बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमानले ९९ जना जना यात्रु लिएर उडेको हो । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ ।
जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनबाट उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि उडान रोकेको थियो । यसअघि जजिराले फेब्रुअरी २ तारिखदेखि उडान सुरु गर्ने आश्वासन दिए पनि उडान भने गरेको थिएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ । तर एउटा एयरलाइन्सले हप्ताको तीनवटा मात्र उडान गर्दा के विमानस्थल दिर्घकालिन सञ्चालन होला त गम्भिर प्रश्नचिन्ह्र खडा भएको छ ।विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा महिनाको ३० लाखसम्म घाटा हुने गरेको बिमानस्थलले जनाएको छ ।