बाग्मती सफाई महाअभियानको ५१३ औं हप्ता काठमाडौंमा सम्पन्न भएको छ । तिलगंगाा आँखा अस्पताल नजिक बाग्मती नदीबाट करिब दुई टन फोहर निकालि ब्यबस्थापन गरिएको अभियन्ता माला खरेलले बताउनु भयो । आभियानमा सुर्खेत सफाई अभियानका संयोजक हिक्मत चन्दको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा मुख्य अभियन्ता लिलामणी पौठयालले अभियानलाई निरज्तर संचालनमा ल्याउनु नागरीकमा जनचेतना जगाउन सक्नु यसको सफलता भएको बताउनु भयो ।
बाग्मती सफाई महाअभियान वि।सं २०७० जेठ ५ गते “राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ शुरुवात भएको अभियान निरन्तर संचालनमा रहदै आएको छ । यो अभियान संचालन भएदेखी हालसम्म करिब १५ लाखको जनसहभागीता रहेको छ । भने बाग्मती लगायत सहायक नदीहरुबाट करिब २० हजार मेटिक टन फोहर निकालेर ब्यबस्थापन गरिसकेको स्थिती छ ।
महाअभियानको प्रेरणाबाट उपत्यकामा वाग्मती नदीका सहायक नदीहरु क्रमशः विष्णुमती,रुद्रमती,ईच्छुमती,मनहरा, हनुमन्ते,गोदावरी,नख्खु,कोडकु तथा वाग्मतीका बिभिन्न भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगंगा, आलोकनगर, सुन्दरीघाट र चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागका सफाइ अभियानहरु समेत संचालनमा रहेका छन् । पुर्वको बिर्तामोड देखी सुदुरपश्चिमको महेन्द्रनगरसम्म मेचिमहाकाली सफाई अभियानका साथै उपत्यका बाहिरका १०० भन्दा बढी स्थानमा सफाई अभियान निरन्तर संचालनमा रहेका छन् ।
बाग्मती नदी किनारामा तिन दर्जनभन्दा बढी पार्कहरु निर्माण भएका छन् । नदी किनारामा करिब ५ हजारभन्दा बढी बिरुवाहरु रोपिएका छन् । बाग्मती किनारामा अहिले रुद्राक्ष, बरपिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाब लगाएत बिभिन्न जातका बिरुवाहरु हुर्किदै आएका छन् । यसले गर्दापनि बाग्मती नदी किनारहरु बातावरणमैत्री बन्दै गएका छन् । जबसम्म बाग्मती नदी र यसका सहायक नदी सफा हुदैनन तबसम्म यो अभियान जारी रहने अभियन्ताहरुको भनाई छ ।