आज:  | Fri, 01, Dec, 2023

फिल्म ‘बिहे पास’को गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक

२०७९, २७ फाल्गुन शनिबार १३:२९ मा प्रकाशित ( ८ महिना अघि) ५३६४ पाठक संख्या

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक भएको छ । प्रवेश मल्लिकको संगीतमा अस्तित्भा कर्ण र विद्यामञ्जु तिवारीको स्वर रहेको छ ।
डीपी खनालको शब्द र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । प्रवेश पौडेल निर्देशित फिल्ममा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले पनि अभिनय गरेका छन् । पूर्वी नेपालका रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा आकाश र सजनले लेखेका हुन् । यो फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउने छ ।

 

 

खबर एक्सप्रेस