सन् २०२३ को ओस्कार अवार्डमा नाटु नाटु गीतले इतिहास रचेको छ । एसएस राजामौलीको फिल्म आरआरआरको धमाकेदार गीत प्रेम रक्षितले कोरियोग्राफी गरेका हुन्। २० दिनको छायांकन ४३ रिटेकबाट यो गीत तयार भएको थियो । फिल्मले ओस्कार जितेपछि अहिले भारतभर यसको ठुलो चर्चा बनेको छ ।ओस्कारमा नाटु नाटु गीतमा विशेष प्रस्तुति समेत हुदा सबको मन समेत जितेको थियो ।
गीतका कोरियोग्राफर प्रेम रक्षित आफ्ना बुबाआमाको कारणले यो उद्योगमा आएको बताएका छन् । प्रेम रक्षित एकदमै गरिव परिवारबाट आएका ब्यति हुन। आफूले यो गीतलाई एक चुनौती र अवसरका रुपमा लिएको बताउदै एउटा स्टारसँग काम गर्न सजिलो हुन्छ । सुपरस्टारको काम गर्ने तरीका आफ्नो आफ्नो हुन्छ नै तर एक साथ दुइृ स्टारसँग एउटै शैलीमा काम गर्नु भने निकै चुनौती हुन्छ । यो कार्य गर्न दुई महिना लनेको प्रेमले बताएका छन् । उनले यो गीतको लागी ११० स्टेप तयारका थिए । उनी काम गर्दै जादा नर्भस समेत हुने गरेका थिए त्यो समय निर्देशक राजामौलीले उनलाई सान्तवना दिने गरेको अनुभव सुनाएका ।
गीत छायांकन गर्न कति दिन लाग्यो
यो गीत छायांकन गर्न २० दिन लागेको थियो भने ४३ रिटेकमा सुटिङ सम्पन्न भएको थियो । यी २० दिनमा रिहर्सलसँगै गीतको छायांकन पनि सकिएको छ । यद्यपि यो गीतको कोरियोग्राफ गर्न भने दुई महिना लाग्यो । दुवै सुपरस्टारलाई एउटै गीतमा एउटै चालमा डान्स गराउनु ठूलो कुरा थियो । यो दबाबमा मलाई लाग्थ्यो कि मेरो कारणले यी सुपरस्टारहरू एकअर्काभन्दा कम देखिनु हुँदैन, मैले दुवैलाई समान उर्जामा देखाउनुपर्छ भन्ने लागेर पनि निकै चुनौती मलेको बताए । गीतलाई युक्रेनमा छायांकन गरिएको हो । नाटु्नाटुको जितले भारतमा अहिले तहल्का पिटिरहेको छ ।