आज:  | Thu, 30, Mar, 2023

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

२०७९, २९ फाल्गुन सोमबार १०:५३ मा प्रकाशित ( २ हफ्ता अघि) ४०४ पाठक संख्या

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने बोर्डले उल्लेख गरेको छ ।
जसमा कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको समय तालिका सार्वजनिक गरिएको छ ।

खबर एक्सप्रेस