काठमाडौं । आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र डेब्यु ब्वाय आशिर्वाद बराल फिचर्ड छन् । बेनिशा पौडेल र शरद शंकरको स्वर रहेको गीतमा गायक शंकरकै संगीत छ । कृष्णहरि बरालको शब्दमा रहेको अघिल्लो सिरिजको गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ नाइँ नभन्नु ल सिरिजको सबैभन्दा हिट गीत हो । छैटौं सिरिजमा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय छ । फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन् ।