आज:  | Sat, 20, Apr, 2024

उपराष्ट्रपति पुन जापानिज राजदूताबासमा

२०७९, १ चैत्र बुधबार १९:५३ मा प्रकाशित ( १ साल अघि) १७३७ पाठक संख्या

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि नेपाली राजदूत किकुता उताकाले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा उपस्थित भए । सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

सो समारोहमा राजदूत किकुताले जापान र नेपालबीच विगत निकै लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पुर्याउदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताए ।

 

खबर एक्सप्रेस