आज:  | Fri, 22, Mar, 2024

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

२०७९, ४ चैत्र शनिबार २३:२३ मा प्रकाशित ( १ साल अघि) २८२२ पाठक संख्या

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार राजधानीको स्काइ दरबार ब्याङक्वेटमा सम्पन्न भएको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा मोहन निरौलाको पक्षमा २३५ मत खस्दा निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २०९ मत प्राप्त भएको छ । २६ मतान्तरले हराउँदै मोहन निरौलाले जित निकालेका हुन् । निर्वाचनमा कूल ४ सय ६८ मत खसेको थियो ।
त्यस्तै, महासचिवमा सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल विजयी भए भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । पदाधिकारीमा निर्वाचित हुनेमा बैरागीबाहेक सबै निरौला प्यानलका हुन् ।

खबर एक्सप्रेस