आज:  | Mon, 15, Apr, 2024

पुरुष राष्ट्रिय टोलीको घोषणा

२०७९, ८ चैत्र बुधबार १०:३३ मा प्रकाशित ( १ साल अघि) ३४७३ पाठक संख्या

गणेश तिवारी  ।  प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ। पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो टिम घोषणा गर्दै सात जना खेलाडीलाई थपेका छन् । पहिलो पटक टिममा स्थान बनाउने खेलाडी गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी थपिएका हुन ।

गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), अभिषेक बराल (सातदोबाटो) डिफेन्डरः सनिश श्रेष्ठ (एपिएफ), विकास खवास (आर्मी), अनन्त तामाङ (चर्च ब्वाइज), पदम भट्टराई (खुमलटार), आदित्य चौधरी (जावलाखेल), निशान्त खड्का (संकटा)मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नवीन लामा (एपिएफ), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ), मणिकुमार लामा (एपिए), भरत खवास (आर्मी)फरवार्डः आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकसिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), आशिष चौधरी (चर्च ब्वाइज), सुमित श्रेष्ठ (मनाङ० मनिष डाँगी (संकटा)

खबर एक्सप्रेस