आज:  | Tue, 30, May, 2023

नेपाली फिल्म माथीको सिण्डिकेट तोडिने छ : सांसद ज्ञानेन्द्र शाही

२०७९, ९ चैत्र बिहीबार २३:०७ मा प्रकाशित ( २ महिना अघि) ११७९ पाठक संख्या

गणेश तिवारी । संघिय सांसद एवं राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसँग नेपाल चलचित्र कलाकार संघका नवनिर्बाचित अध्यक्षमा मोहन निरौलाको नेतृत्वको कार्यसमितिले भेटघाट गरेको छ । आफू राप्रपाको मात्र सांसद नभई सबैको सांसद भएकोले पाटिभन्दा माथी उठेर यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । यो कार्यक्रम परिचयसँगै तपाईहरुका समस्या सुन्नका लागी पनि हो भन्दै समस्या राख्न आव्हान गर्नुभएको थियो ।


सो भेटघाट कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठ निवर्तमान अध्यक्ष तथा वरिष्ठ कलाकार रबिन्द्र खड्का तथा वरिष्ठ कलाकार लय संगौलाको समेत सहभागीता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष शिवहरि नेपाल बैरागी सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल, सहकोषाध्यक्ष पवित्रा आचार्य सदस्यहरू शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद ज्ञानेन्द्र शाहीले आफूले नेपालको चलचित्र क्षेत्रका समस्या बारे बुझन खोजेको यहाँ केके समस्याहरु छन् म तपाइहरुबाट सुन्न चाहन्छु त्यो भएर पनि आज स्वागत सहित छलफलका लागी आमन्त्रण गरिएको हो भन्दै कलाकारलाई राष्टले चिन्न नसकेको कुरा ब्यत गर्नुभएको थियो ।

बिदेशी फिल्म चलाउनका लागी नेपालमा नेपाली चलचित्र माथी सिन्डिकेट लगाईएको छ । त्यो अब तोड्नु पर्छ । नेपाली फिल्मलाई स्थान नदिने हो भने के हुन्छ ? चिनमा बिदेशी फिल्मको कोटा प्रणाली छ अब नेपालमा पनि त्यो प्रणाली लागु गर्नुपर्छ । बिदेशी फिल्म चलाउन नेपाली फिल्मलाई सिण्डिकेट लगाउने परम्परा अब नतोडी हुदैन त्यसका लागी सबै जुटन आव्हान समेत गर्नुभयो । जुम्लामा छायांकन भएको चलचित्र प्रकाशको घटना भन्दै यो चलचित्रलाई हलमा सहज चल्न नदिएपछि यसका हिरो प्रदीप खड्का लगाएको टिम आफू कहाँ आएको र मेरै जिल्लामा छायांकन भएको चलचित्र भएकोले पनि आफूले चासोका साथ हेर्दै चारैतिर समन्वयन गरी यो चलचित्रलाई सहज चल्न नदिए हलमा आगो लगाउने भनेको भन्दै नेपाली चलचित्रलाई पर्याप्त हल नदिने कार्यको अहिले पनि बिरोध गर्ने बताउनु भयो । यदी त्यसो हो भने दिल्लिमा लिएर हल खोल्न भन्दै यसकिसिमको सिण्डिकेट तोड्ने बताउनु भयो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले यस क्षेत्रका समस्याबारे अवगत गराएपछि सो बारे बोल्दै शाहीले चलचित्र ऐन कहाँ छ खोजेर अध्ययन गरेर कार्यान्वयनका लागी आफू लागी पर्ने बताउनु भयो । चलचित्र ऐन लागु हुन्छ । आफूले यी कुरा नभुल्ने भन्दै कार्यान्वयनमा उताररै छाडने बताउनु भयो । यसकिसिमको छलफल नियमित गर्दै जाने भन्दै समस्यालाई समाधान गर्नका लागी आफु अगाडी बढने बताउनु भयो । कार्यक्रमको समन्वयन तथा संचालन चलचित्रकर्मी कार्यकारी निर्माता तथा सामाजिक अभियन्ता चक्र बहादुर चन्दले संचालन गर्नुभएको थियो ।

खबर एक्सप्रेस