आज:  | Wed, 13, Mar, 2024

प्रसाद २को गीत ‘मार्सी धान’ रिलिज

२०७९, ९ चैत्र बिहीबार २३:२० मा प्रकाशित ( ११ महिना अघि) ३४७३ पाठक संख्या

गणेश तिवारी । आगामी चैत्रको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २को पहिलो गीत ‘मार्सी धान’ रिलिज भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य रहेको छ । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

खबर एक्सप्रेस