गणेश तिवारी । बाग्मती सफाई महाअभियानको ५१५औं हप्ता काठमाडौंमा सम्पन्न भएको छ । तिलगंगाा आँखा अस्पताल नजिक निलोपु्ल आसपास बाग्मती नदी किनारामा अभियान संचालन गरिएको अभियन्ता माला खरेलले बताउनु भयो। आभियानमा नेपाल चलचित्र कलाकार संघका नवनिर्बाचित पदाधिकारीको सहभागीता रहेको थियो । ग्लोबल कलेजको समेत सहभागीता रहेको अभियानमा कलाकार संघका अध्यक्ष मोहन निरौला निवर्तमान अध्यक्ष वरिष्ठ कलाकार रविन्द्र खड्का महासचिब नायक सबिन श्रेष्ठ सचिब रामेश्वर बुर्लाकोटी सहकोषाध्यक्ष पवित्रा आचार्य लगाएत गोपाल छन्दे लगाएतको सहभागीता रहेको थियो ।
सफाई महाअभियान वि।सं २०७० जेठ ५ गते “राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने नाराका साथ शुरुवात भएको अभियान निरन्तर संचालनमा रहदै आएको छ । यो अभियान संचालन भएदेखी हालसम्म करिब १५ लाखको जनसहभागीता रहेको छ । भने बाग्मती लगायत सहायक नदीहरुबाट करिब २० हजार मेटिक टन फोहर निकालेर ब्यबस्थापन गरिसकेको स्थिती छ ।महाअभियानको प्रेरणाबाट उपत्यकामा वाग्मती नदीका सहायक नदीहरु क्रमशः विष्णुमती,रुद्रमती,ईच्छुमती,मनहरा, हनुमन्ते,गोदावरी,नख्खु, कोडकु तथा वाग्मतीका बिभिन्न भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगंगा, आलोकनगर, सुन्दरीघाट र चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागका सफाइ अभियानहरु समेत संचालनमा रहेका छन् । पुर्वको बिर्तामोड देखी सुदुरपश्चिमको महेन्द्रनगरसम्म मेचिमहाकाली सफाई अभियानका साथै उपत्यका बाहिरका १०० भन्दा बढी स्थानमा सफाई अभियान निरन्तर संचालनमा रहेका छन् ।बाग्मती नदी किनारामा तिन दर्जनभन्दा बढी पार्कहरु निर्माण भएका छन् । नदी किनारामा करिब ५ हजारभन्दा बढी बिरुवाहरु रोपिएका छन् । बाग्मती किनारामा अहिले रुद्राक्ष, बरपिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाब लगाएत बिभिन्न जातका बिरुवाहरु हुर्किदै आएका छन् । यसले गर्दापनि बाग्मती नदी किनारहरु बातावरणमैत्री बन्दै गएका छन् । जबसम्म बाग्मती नदी र यसका सहायक नदी सफा हुदैनन तबसम्म यो अभियान जारी रहने अभियन्ताहरुको भनाई छ ।