आज:  | Tue, 30, May, 2023

नदी किनाराका अबैध संचरचा हटाउ : महानगर

२०७९, ११ चैत्र शनिबार १४:३७ मा प्रकाशित ( २ महिना अघि) ९६२ पाठक संख्या

गणेश तिवारी । काठमाडौँ महानगरपालिकाले नदी किनार क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । शनिबार एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो । पटकपटक सुचना गर्दा पनि नहटेकोले अब प्रचलित कानुन अनुसार हटाउने र हटाउँदा लाग्ने सबै खर्च सम्बन्धित पक्षबाटअसुलउपर गर्ने सूचना जारी गरेको छ ।

खबर एक्सप्रेस